हिमालय एयरलाइन्सले बंगलादेशबाट कोभिड–१९ सम्बन्धी अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ।
हिमालय एयरलाइन्सले मंगलबार राति ६ हजार ३ सय ४० किलो कोभिड स्वास्थ्य सामग्री ल्याएको हो।
मंगलबार दिउँसो ५२ जना नेपालस्थित बंगलादेशको राजदूतावासका कर्मचारी तथा बंगलादेशी नागरिक लैजान काठमाडौं–ढाका चार्टर्ड उडान गरेको थियो।
उक्त जहाजले राति ८ बजे मेडिकल कार्गो लिएर आएको हो।
त्यसबाहेक हिमालय एयरलाइन्सले मंगलबार नै चीनको कुनमिङबाट पनि कार्गो लिएर आएको थियो।
दैनिकजसो कुनमिङबाट कार्गो ल्याइरहेको हिमालय एयरलाइन्स मंगलबार राति कार्गोका लागि कुनमिङ गई बुधबार बिहान आइपुगेको छ।

प्रतिक्रिया