समाज


कोरोनाको त्रासपछि चीनले सगरमाथा हिमालमा सीमा विभाजन गर्ने रेखा कोर्दै

कोरोनाको त्रासपछि चीनले सगरमाथा हिमालमा सीमा विभाजन गर्ने रेखा कोर्दै

नेपालखबर
बैशाख २७, २०७८ सोमबार १०:१३,

चिनियाँ संचारमाध्यमलाई उदृत गर्दै रोयटर्सले दिएको जानकारीअनुसार तिब्बती क्षेत्र तथा नेपालबाट सगरमाथा चढिरहेकालाई कोरोना भाइरसबाट जोगाउन बेइजिङले यो सावधानी अपनाउन लागेको हो।

यतिबेला नेपाली माेहडाबाट सगरमाथा चढ्न पुगेका मानिसहरुमा कोरोनाको संक्रमण देखिएको छ। गत अप्रिलदेखि सगरमाथा बेस क्याम्पमा कोरोना फैलिएपछि चीन सतर्क भएको समाचारमा जनाइएको छ।

कोरोना प्रकोपबीच पनि पर्यटन क्षेत्रबाट राजस्व उठाउन नेपाल सरकारले सगरमाथा आरोहण अभियान रद्द गर्न सकेको छैन।

तिब्बती मोहडाबाट भने चीनकै नागरिकले मात्र सगरमाथा आरोहण गर्न पाउने नियम छ। अहिलेलाई विदेशी नागरिकलाई यो क्षेत्रबाट सगरमाथा चढ्न रोक लगाइएको छ।

सिन्ह्वाका अनुसार तिब्बती आरोहीको सानो समूहले सगरमाथामा सीमा विभाजन गर्ने रेखा कोर्नेछन्।

अहिले २१ जना चिनियाँ नागरिकले तिब्बती मोहडाबाट सगरमाथा चढिरहेको बताइएको छ।

उनीहरु सगरमाथाको शिखरमा पुगिसक्दा सीमा विभाजनको रेखा बनाइसकिने बताइएको छ।

सीमा विभाजनको रेखांकन कस्तो हुन्छ भनेर स्पष्ट जानकारी दिइएको छैन।

तर नेपालको मोहडाबाट सगरमाथा चढ्नेलाई तिब्बती क्षेत्रमा जान नदिने अनुमान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .