नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिन आग्रह गरेका छन्।
संसदमा बोल्दै प्रचण्डले प्रधानमन्त्री ओलीको विकल्प खोज्न अपिल गरे।
‘प्रधानमन्त्री जीले सबैले मलाई भोट हाल्नुस् भन्नु भो, म चाहीँ विपक्षमा भोट हालौं नयाँ इतिहाँस बन्छ भन्ने प्रधानमन्त्रीजी बाहेक सबैसँग अपिल गर्छु,’ प्रचण्डले त्यसअघि भने, ‘शेरबहादुर देउवाजीले ७६ (२) को सरकार बन्ने सम्भावना यही सदनभित्र छ, र त्यो खोजिन्छ भन्नु भएको छ। म त्यसलाई समर्थन गर्न चाहन्छु।’
ओलीलाई लक्षित गर्दै प्रचण्डले यो देश र संविधानको हुर्मत लिने काम कसैलाई नगर्न र सहज ढंगले लोकतान्त्रिक प्रक्रियाद्वारा अघि बढ्न आग्रह गरे।

प्रतिक्रिया