कोलोराडो स्पिङ्सको पूर्वतर्फ मध्यराति एक व्यक्तिले गोली चलाएको प्रहरीले जनाएको छ।
गोली चलाउने व्यक्तिको पनि मृत्यु भएको प्रहरीको भनाई छ। उनले आफैंलाई गोली हानेर आत्महत्या गरेका हुन्।
आफ्नी प्रेमिकासहित पार्टीमा सहभागी भएका गोली चलाउने शंकास्पद व्यक्तिले साथीहरु, परिवार र बालबालिका समेतमाथि गोली चलाएका थिए।
घटनास्थलमा प्रहरी पुग्दा सात जना वयस्क व्यक्तिको मृत्यु भइसकेको थियो।
यो घटना पछाडिको उद्देश्य के हो भनेर हालसम्म पत्ता लगाउन सकिएको छैन।
कोलोराडो राज्यकै बोल्डरको सुपरमार्केटमा गत मार्च २२ मा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु भएको थियो।
कोलोराडो राज्यको डेन्भरपछि दोस्रो ठूलो शहर कोलोराडो स्प्रिङ्समा करिब चार लाख ६५ हजार नागरिकको बसोबास छ।
यसैबीच, मेरिल्यान्डमा पनि एभर्टन ब्राउन नामका व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा चार जनाको ज्यान गएको छ। एपी
Shares

प्रतिक्रिया