आज संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मतमाथि मतदानका लागि प्रतिनिधि सभाको बैठक बसिरहेको छ।
बैठकमा विश्वासको मत लिने प्रस्तावमाथि मतदान गर्ने कार्यक्रम सुरू भएकाे छ।
यसअघि प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिनुपर्ने पर्याप्त आधार रहेको बताएका थिए।
मतदान अघि कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, नेमकिपा सांसद प्रेम सुवाल र राष्ट्रिय जनमाेर्चाकी सांसद दुर्गा पाैडेलले धारणा राखेका थिए।
बैठक (लाइभ) :

प्रतिक्रिया