समाज


अमेरिकी सेनाले अरब सागरबाट नियन्त्रणमा लिए रुस र चीनमा बनेका हजारौं हतियार

अमेरिकी सेनाले अरब सागरबाट नियन्त्रणमा लिए रुस र चीनमा बनेका हजारौं हतियार

नेपालखबर
बैशाख २७, २०७८ सोमबार ७:१२,

अमेरिकी नौसेना तथा तटरक्षकको संयुक्त टोलीले गतहप्ता साना डुंगाहरुबाट हजारौं हतियार नियन्त्रमा लिएको अमेरिकी नौसेनाले विज्ञप्ती जारी गरेर जानकारी दिएको हो।

गस्तीमा रहेको अमेरिकी युद्धपोत यूएसएस मोनिटेरी क्रुजरले अरब सागरमा संचालित साना जहाजलाई रोकेर त्यहाँ खोजतलास गर्दा हतियारहरु भेटेका हुन्।

यी हतियार वैधानिक हिसाबमा खरिद नभएकाले नियन्त्रणमा लिएको बताइएको छ।

An SH-60 Sea Hawk helicopter assigned to the guided-missile cruiser USS Monterey flies above a stateless dhow interdicted with a shipment of illicit weapons in international waters of the North Arabian Sea on May 6, 2021.

अमेरिकी अधिकारीहरुका अनुसार यो हतियारको वैधानिक कागजपत्र थिएन।

त्यहाँ रुसमा बनेका एन्टी ट्यांक गाइडेड मिसाइल, हजारौं चिनियाँ टाइप ५६ एजल्ट राइफल, रुसमा बनेका सयौं पीकेएम मेसिन गन, स्नाइपर राइफल, ग्रिनेड लन्चरहरु थिए।

त्यो हतियारको प्रयोजन र कहाँ लगिएको भनेर नखुलेसम्म त्यो अमेरिकी नियन्त्रणमा हुने बताइएको छ। सीएनएन

Thousands of illicit weapons seized from a stateless dhow are displayed on the rear deck of the guided-missile cruiser USS Monterey on May 8, 2021.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .