समाज


अफगानिस्तानमा विद्यालय अगाडि ठूलो विस्फोटन, २५ जनाको मृत्यु हुँदा ५२ घाइते

अफगानिस्तानमा विद्यालय अगाडि ठूलो विस्फोटन, २५ जनाको मृत्यु हुँदा ५२ घाइते

नेपालखबर
बैशाख २६, २०७८ आइतबार ७:५५,

शनिबारको विस्फोटनमा अन्य ५२ जना घाइते भएको एएफपीले जनाएको छ।

अफगान सरकारले गम्भीर घाइतेहरु धेरै भएकाले मृतकको संख्या बढ्नसक्ने बताएको छ।

उक्त विस्फोटन कसले गरायो र त्यसको उद्देश्य के थियो भन्नेबारेमा हालसम्म पत्ता लाग्न सकेको छैन।

इदको लागि आवश्यक सामग्री किन्न गएका मानिसहरु र केही विद्यार्थीहरु विस्फोटको शिकार बनेको बताइएको छ।

अफगानिस्तानमा तालिबान विद्रोहीहरु यस्ता विस्फोटनको घटनामा सक्रिय छन्। अमेरिकाले आगामी सेप्टेम्बर ११ सम्ममा आफ्ना सेनाहरु अफगानिस्तानबाट हटाउने निर्णय गरिसकेको छ।

यस्तो अवस्थामा तालिबानले थप हिंसा मच्चाउने त्रास पैदा भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad