समाज


चीनको १८ टन अनियन्त्रित रकेट पृथ्वीमा खस्दै, कहाँ र कहिले खस्छ थाहा छैन, विश्वभर चिन्ता

चीनको १८ टन अनियन्त्रित रकेट पृथ्वीमा खस्दै, कहाँ र कहिले खस्छ थाहा छैन, विश्वभर चिन्ता

नेपालखबर
बैशाख २५, २०७८ शनिबार १०:५४,

यो रकेट पृथ्वीमा यसैहप्ता खस्ने बीबीसीले जनाएको छ। अमेरिकाले यसअघि सम्भवत उक्त अनियन्त्रित रकेट शनिबार आज पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने बताएको थियो।

सो रकेट कहाँ खस्छ भनेर हालसम्म अनुमान लगाउन सकिएको छैन। पृथ्वीको वायुमण्डलमा प्रवेश गरेपछि मात्र त्यो कहाँ खस्छ भनेर थाहा हुने विज्ञहरु बताउँछन्।

पृथ्वीको वायुमण्डलमा अनियन्त्रित भएर खस्ने यो रकेट हालसम्मकै वजनदार वस्तु भएको बताइएको छ। मानववस्तीमा रकेट खसे त्यसले ठूलो क्षति पुर्याउने भन्दै विश्वभर चिन्ता व्यक्त भएको छ।

हाल सो रकेटलाई चीनले मात्र नभएर अमेरिकाको अन्तरिक्ष संस्था नासा तथा विश्वभरबाट निगरानी जारी राखिएको छ।

अमेरिकाले आफूले सो रकेटलाई निगरानी गरिरहेको बताएपनि त्यसलाई नष्ट गर्ने विषयमा केही निर्णय नभएको बताएको छ।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिन भन्छन्,‘हामी आशा गर्छौ कि यो त्यस्तो स्थानमा खसोस् जसबाट कसैलाई नोक्सानी नपुगोस्। आशा गर्छौ त्यो समुद्रको कुनै भागमा खसोस्।’

सो अनियन्त्रित रकेट गत अप्रिल २९ तारिख हाइनान टापुबाट प्रक्षेपण गरिएको थियो। उक्त लङ मार्च ५बी रकेटले स्पेस स्टेसनको मुख्य मोड्युल बोकेको थियो।

पृथ्वीमा कहिले खस्छ रकेट?

अन्तरिक्षको फोहोर सम्बन्धी अनुसन्धानमा काम गर्ने वैज्ञानिकहरुका अनुसार सो रकेट आइतबारसम्ममा पृथ्वीमा पुग्ने अनुमान गरिएको छ। तर यो विषयमा अनुमान गर्न गाह्रो हुने बताइन्छ।

२९ अप्रिलको प्रक्षेपणपछि चिनियाँ रकेट लगातार तल खसिरहेको छ। रकेट पृथ्वीमा कतिको बेगमा खसिरहेको छ यो उचाई र हावाको घनत्वमा निर्भर गर्दछ। तर यस रकेटको विषयमा भने कुनै जानकारी छैन।

सामान्यतया रकेटका टुक्रा पृथ्वीको वायुमण्डलमा प्रवेश गरेपछि जल्छ। तर पनि त्यसको केही हिस्सा बच्ने सम्भावना हुन्छ र पृथ्वीको सतहमा पुग्नसक्छ।

एकवर्ष पहिले पाइप आकारको एउटा रकेटको हिस्सा अफ्रिकाको आइभोरी कोस्टमा खसेको थियो।

रकेटका टुक्राले मानिसलाई नोक्सान पुर्याउने सम्भावना कम हुन्छ किनभने पृथ्वीमा पानीको हिस्सा बढी छ।

यो घटनापछि चीनलाई लावारवाही गरेको आरोप लागेको छ। अमेरिकास्थित हावर्ड विश्वविद्यालयका जोनाथन मैकडावलका अनुसार यो घटनाले चीनको छविमा असर पुग्नेछ। चीनको लापारवाहीले विश्व चिन्तित बनेको उनको भनाइ छ।

तर चीनको सरकारी पत्रिका ग्लोबल टाइम्ससँग वायुमण्डल विशेषज्ञ सङ जोनपिङ भन्छन्,‘चीनको अन्तरिक्ष संस्थाले यो विषयमा कडा निगरानी गरिरहेको छ र त्यसले निम्त्याउने नोक्सानीको उपाय निकाल्नेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad