काठमाडौं महानगरपालिकाकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई १० वटा भेन्टिलेटर सहयोग उपलब्ध गराएको छ।
भेन्टिलेटरको अभावमा कोभिड संक्रमितको उपचारका लागि समस्या परेको समाचार आईरहेका बेला महानगरले १० वटा भेन्टिलेटर सहयोग गरेको हो।
महानगरका मेयर विद्या सुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर ३ का अध्यक्ष शनिबार अस्पताल परिसर पुगेर भेन्टिलेटर हस्तान्तरण गरे।
हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर शाक्यले अदृश्य शक्तिको रुपमा अगाडि आएको कोभिड १९ विरुद्ध लडाईमा सबै नेपाली एकजुट भएर लाग्नुपर्ने बताए।
कोभिड महामारी तिब्र रुपमा विस्तार हुदै गएर विरामीको उपचारमा नै समस्या देखिन थालेपनि महानगरले विकास निर्माण भन्दापनि अस्पतालको क्षमता वृद्धिका लागि सहयोग गर्ने नीति लिएको स्पष्ट पारे।

प्रतिक्रिया