समाज


बन्द नवज्योति अक्सिजन प्लान्ट सेनाले सञ्चालन गर्दै, दैनिक १२ सय सिलिन्डर उत्पादन

बन्द नवज्योति अक्सिजन प्लान्ट सेनाले सञ्चालन गर्दै, दैनिक १२ सय सिलिन्डर उत्पादन

नेपालखबर
बैशाख २५, २०७८ शनिबार ८:३२,

काभ्रेको पनौतीस्थित नवज्योति अक्सिजन प्लान्ट संचालनमा आएको छ।

अपरेटरको अभावमा बन्द भएको प्लान्ट नेपाली सेनाले शुक्रबारबाट संचालनमा ल्याएको हो।

सरकारले बन्द रहेका अक्सिजन प्लान्ट संचालन गर्न सेनालाई निर्देशन दिएको थियो।

नवज्योतिका दुई वटा प्लान्ट छन्। ती बाट दैनिक एक हजारदेखि १२ सय सिलिण्डरसम्म अक्सिजन उत्पादन हुने सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले बताए।

प्लान्ट संचालनका लागि सेनाले चार जना प्राविधिकसहितको जनशक्ति त्यहाँ खटाएको हो।

शुक्रबार देखिनै त्यहाँ अक्सिजन उत्पादन सुरु भएको छ। यसले राजधानिका अस्पतालमा अक्सिजनको अभाव टार्ने अपेक्षा गरिएको छ।

राजधानिमा अक्सिजनको अभावमा कोरोना संक्रमित बिरामीको ज्यान जान थालेपछि सरकारले बन्द प्लान्ट संचालनमा चासो देखाएको हो।

अझै केही समय कोरोना संक्रमणको दर बढ्ने पूर्वानुमानसहित सेनाले तयारी गरिरहेको जनाएको छ।

‘संक्रमण दर अझै बढ्दै गयो भने के गर्ने कसरी म्यानेजमेन्ट गर्ने भनेर आफ्नो हिसावले तयारी भइरहेको छ। त्यही अनुसार जनशक्ति र उपकरण व्यवस्थापनमा सेना लागि रहेको छ’, प्रवक्ता पौडेलले नेपालखबरसँग भने।

सेनाले आवश्यक परे अवकास प्राप्त सैनीकलाई पनि खटाउने तयारी गरेको छ।

पछिल्ला ५ वर्ष यता अवकास पाएका सैनिक स्वास्थ्यकर्मीलाई फर्काउने निर्णय सेनाले गरिसकेको छ।

२०७२ साल यता सेनाका ३२० स्वास्थ्यकर्मी अवकास भएका छन्। उनीहरुलाई तमतयारी अवस्थामा रहन सेनाले निर्देशन दिइसकेको छ।

यस्तै सरकारको निर्देशन अनुसार अन्य तयारीमा पनि सेनाले काम गरिरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .