चीन सरकारको स्वामित्वमा रहेको कम्पनी सिनोफार्मले विकास गरेको खोप भेरो सेललाई आपतकालीन प्रयोगको लागि अनुमति दिएको डब्लूएचओले आफ्नो वेबसाइटमा जनाएको छ।
बीबीसीका अनुसार डब्ल्यूएचओले स्वीकृति दिएको यो पहिलो युरोप बाहिर बनेको कोरोना खोप हो।
नेपाल र चीन सहित यो खोप अन्य देशमा अहिलेसम्म लाखौँ व्यक्तिहरूलाई दिइसकिएको छ।
यसअघि डब्ल्यूएचओले फाइजर, आस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन र मोडेर्नाले बनाएको खोपलाई प्रयोगका लागि अनुमति दिइसकेको छ।
शुक्रबार डब्ल्यूएचओले भेरो सेल खोपको सुरक्षा, प्रभावकारिता र गुणवत्तालाई पुष्टि गरेको हो।
अफ्रिका, दक्षिण अमेरिका र एशियाका विभिन्न देशका स्वास्थ्य निकायहरूले पनि यो खोपलाई स्वीकृति दिइसकेका छन्।
चिनियाँ कम्पनीले थोरै मात्र तथ्याङ्क सार्वजनिक गरेको कारण यो खोपको प्रभावकारिताका विषयमा प्रश्नहरू उठेका थिए।
प्रतिक्रिया