दक्षिण सिक्किमको सुम्बुकमा यात्रुबाहक गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन्।
जोरथाना प्रहरीका अनुसार दक्षिण सिक्किमकै मानपुरबाट सुम्बुकतर्फ गइरहेको एसके ०४ जे ०७०८ नम्बरको कमान्डर गाडी शुक्रबार साँझ ५ बजे दुर्घटना भएको हो।
दुर्घटनामा ४४ वर्षीय लोकप्रसाद राई, ३४ वर्षीया रोमा राई, ३५ वर्षीया शान्तकुमारी राई र बुद्धिराज मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा ६ जना घाइते भएका छन्।
बैशाख २५, २०७८, शनिबार
प्रतिक्रिया