ad ad

समाज


भारतीय वैज्ञानिकको दाबीः पानीबाट कोरोना फैलिँदैन, डराउनु पर्दैन

भारतीय वैज्ञानिकको दाबीः पानीबाट कोरोना फैलिँदैन, डराउनु पर्दैन

नेपालखबर
बैशाख २५, २०७८ शनिबार १:१५,

भारत सरकारका विशेषज्ञले पानीबाट कोरोना भाइरसको संक्रमण नसर्ने दाबी गरेका छन्।

सामाजिक सञ्जालहरूमा नहर तथा नदीबाट पनि संक्रमण फैलिने खतरा हुन्छ भनेर प्रचार गरिएपछि भारत सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार प्राध्यापक डा. कृष्णस्वामी विजयराघवनले त्यो कुरालाई ठाडै अस्वीकार गरेका हुन्।

भारतीय सञ्चारमाध्यमका अनुसार शुक्रबार आयोजित पत्रकार सम्मेलनमा डा. विजयराघवनले भने, ‘पानीमा कोरोना भाइरस फैलिँदैन। यसकारण नहर, नदीबाट संक्रमण सर्ने खतरा हुँदैन। न त्यहाँको पानी पिउँदा कुनै समस्या हुन्छ। तर संक्रमणबाट बच्ने प्रयास आवश्यक छ।’

पत्रकार सम्मेलनमा यमुना नदीमा केही शव फेला परेपछि पानीमा पनि कोरोना भाइरस व्यापक मात्रामा फैलिएको भनेर हल्ला गरिएकोबारे छलफल गरिएको थियो। यस विषयमा डा. विजयराघवनले पानीमा कोरोना फैलिन नसक्ने दाबी गरेका हुन्। तर हालै गरिएको अध्ययनले ढलमा पनि कोरोना भाइरस हुन सक्ने देखाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .