दाङको तुलसीपुर उपमहानगरपालिकामा ९ वटा अटो एम्बुलेन्सको रुपमा प्रयोग गर्न तयारी अवस्थामा राखिएको छ।
अटो सञ्चालकसँग समन्वय गरेर अटोलाई लकडाउनभरी एम्बुलेन्सका रुपमा प्रयोग गर्ने तयारी गरिएको एम्बुलेन्स परिचालन समितिका संयोजक दिपक कुमालले जानकारी दिए।
तुलसीपुर क्षेत्रमा एम्बुलेन्सले बिरामीहरुसँग चर्को भाडा लिन थालेपछि कोरोना संक्रमितलाई गाउँबाट शहरसम्म पुर्याउन अटो प्रयोग गरिने तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य कुमालले बताए।
अटो एम्बुलेन्स शुक्रबार तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरिएको छ।
योसँगै अटो एम्बुलेन्सले साविककै तोकिएको दररेटमा बिरामीलाई अस्पताल लैजान र ल्याउने छन्।
अटो एम्बुलेन्स प्रयोगका लागि मोवाइल नम्बर ९८५७८२५८६३ नम्बरमा सम्पर्क गर्न सकिने उपमहानगरपालिकाले जनाएको छ।
प्रतिक्रिया