समाज


चितवनका दुई अस्पतालमा पाँच सङ्क्रमितको मृत्यु

चितवनका दुई अस्पतालमा पाँच सङ्क्रमितको मृत्यु

रासस
बैशाख २४, २०७८ शुक्रबार ५:४८,

यहाँ रहेका दुई मेडिकल कलेजमा पाँच कोरोना सङ्क्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा चितवनका एक र अन्य बाहिरी जिल्लाका रहेका छन्।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–३ की ६९ वर्षीया वृद्धा रहेकी छन्। उनको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो।

निमोनियाको समस्या भई यही वैशाख १९ गते अस्पताल आएकी उनमा २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान १ः५७ बजे मृत्यु भएको हो।

यस्तै नवलपरासीको प्रतापपुर गाउँपालिका–९ का ३४ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। निमोनियाको समस्या भई यही वैशाख २३ गते पुरानो मेडिकल कलेजमा भर्ना भएका उनको आज बिहान ४ः०० बजे मृत्यु भएको हो। उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो। सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

त्यस्तै रुपन्देहीको सैनामैना नगरपालिका–१ का ५३ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। निमोनियाको समस्या भई यही वैशाख २३ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो। सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान २ः१० बजे मृत्यु भएको हो।

चितवन मेडिकल कलेजमा उपचाररत एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा कावासोती नगरपालिका–२ का ५८ वर्षीय पुरुष रहेका छन्। निमोनियाको समस्या भई यही वैशाख १५ गते अस्पताल भर्ना भएका उनमा १६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको बिहीबार राति १२ः४० बजे मृत्यु भएको हो। सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

यस्तै सोही मेडिकल कलेजमा उपचारका क्रममा कैलालीकी एक महिलाको कोरोनाका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा टीकापुर नगरपालिका–९ की ५३ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ। कोरोना सङ्क्रमण पुष्टि भएसँगै श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी उनको आज बिहान ६ः०० बजे मृत्यु भएको हो। अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना गरेको केही समयमा नै उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .