समाज


पछिल्लो २४ घण्टामा २७ सय ७ जनाले जिते कोरोना, हालसम्म २ लाख ९२ हजार निको भए

पछिल्लो २४ घण्टामा २७ सय ७ जनाले जिते कोरोना, हालसम्म २ लाख ९२ हजार निको भए

नेपालखबर
बैशाख २३, २०७८ बिहिबार ११:५७,

पछिल्लो २४ घण्टामा आज एकै दिन २ हजार ७ सय ७ जना कोरोना संक्रमित निको भई घर फर्किएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार उक्त संख्यामा संक्रमितहरु निको भएका हुन्।

योसँगै नेपालमा कोरोना जित्नेको संख्या २ लाख ९२ हजार ४ सय ९० पुगेको छ। नेपालमा कोरोनाबाट निको हुने दर ७९.४ प्रतिशत रहेको छ। हालसम्म कोरोना संक्रमणबाट ३ हजार ५ सय २९ जनाको मृत्यु भएको छ। त्यस्तै ३ सय १४ जना क्वारेन्टिनमा रहेका छन्।

त्यस्तै नेपालमा ३ लाख ६८ हजार ५ सय ८० जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ। कुल २५ लाख ७८ हजार ४ सय १८ पीसीआर परीक्षणमा उक्त संक्रमित पुष्टि भएका हुन्।

नेपालमा महिलाभन्दा पुरुषमा बढी संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार २ लाख ३२ हजार ३ सय २ पुरुष संक्रमित हुँदा महिला १ लाख ३६ हजार २ सय ७८ जना संक्रमित छन्। प्रतिशतमा भन्ने हो भने महिला ३६.९७ प्रतिशत र पुरुष ६३.०३ प्रतिशत छन्।

त्यस्तै १९.६९ प्रतिशत सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .