समाज


रेम्डेसिभिर औषधि कालोबजारी गर्ने एक जना पक्राउ

रेम्डेसिभिर औषधि कालोबजारी गर्ने एक जना पक्राउ

नेपालखबर
बैशाख २३, २०७८ बिहिबार ८:३८,

काठमाडौंमा रेम्डेसिभिर औषधि कालोबजारी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गोरखाका रसिक मियालाई बिहीबार पक्राउ गरेको हो।

उनले एकसेट रेम्डेसिभिर १ लाख २५ हजार रुपैयाँमा बेच्दै गरेको अवस्थामा प्रहरीले महाराजगन्जमा फेला पारेको जनाएको छ।

६ पिस रेम्डेसिभिरको बजार मूल्य २५ हजार रुपैयाँ पर्ने बताइएको छ।

कोरोना संक्रमणबाट जटिल अवस्थामा रहेका संक्रमितलाई केहि राहत दिनका लागि यो औषधि प्रयोग गर्ने गरिन्छ।

पक्राउ परेका रसिकले सेवक फर्माका दीपक ढकालले भने अनुसार आफूले बेचेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .