ad ad

समाज


भारतमा यूके, ब्राजिल र अफ्रिकी भेरियन्ट सक्रिय, स्थानीय भेरियन्ट पनि खतरनाक सावित

भारतमा यूके, ब्राजिल र अफ्रिकी भेरियन्ट सक्रिय, स्थानीय भेरियन्ट पनि खतरनाक सावित

नेपालखबर
बैशाख २३, २०७८ बिहिबार ७:४४,

सोही अवधिमा त्यहाँ ३५ सयभन्दा बढीको मृत्यु भइरहेको छ। गएको २४ घण्टामा त भारतमा ४ लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा एकैदिनमा ४ लाख १२ हजार २६२ नयाँ कोरोना संक्रमित थपिँदा सोही अवधिमा ३ हजार ९८० को मृत्यु भएको छ।

यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या २ करोड १० लाख ७७ हजार ४१० पुगेको छ।

कोरोनाका कारण त्यहाँ २ लाख ३० हजार १६८ को मृत्यु भइसकेको छ।

नयाँ भेरियन्ट साथै स्थानीय भेरियन्टबाट भारत प्रताडित

भारतका विज्ञहरुका अनुसार कोरोनाका नयाँ भेरियन्टका कारण त्यहाँ धेरै कोरोना संक्रमित देखिरहेका हुन्।

यी नयाँ प्रकारका कोरोना पहिलेकोभन्दा बढी संक्रामक छन्।

भारतको नेसनल सेन्टर फर डिजिज कन्ट्रोलका प्रमुख सुजित कुमार भन्छन्,‘भारतमा यूके भेरियन्ट वाला केही संक्रमणको मामिला सुरुवातमा देखिएको थियो। अब यहाँ स्थानीय भेरियन्टले मानिसलाई संक्रमित बनाइरहको छ।’

भारतमा यूके भेरियन्ट, ब्राजिल तथा अफ्रिकी भेरियन्ट सक्रिय छन्। यी नयाँ प्रकारका कोरोनाले चाँडै मानिसलाई संक्रमित बनाइरहेको छ।

तर भारतमै देखिएको डबल म्युटेन्ट भाइरस पनि अन्य भेरियन्टजस्तै खतरनाक भएको बताइएको छ। B.1.617 भेरियन्ट दुई नयाँ कोरोनाको प्रकारबाट बनेको बताइएको छ। बीबीसीहिन्दी

यो पनिः भारतमा कोरोना संक्रमितको चाप बढ्दा अक्सिजन अभाव, अस्पताल बाहिरै मरिरहेछन् मानिसहरु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .