सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका ११ मा आज भएको जिप दुर्घटनामा पत्रकार डायलसन अधिकारीको मृत्यु भएको छ। नगरको बक्साह चोकमा भएको दुर्घटनामा पत्रकार अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ।
बा१६च२२३५ नम्बरको जिप दुर्घटनामा पर्दा अन्य चार जना घाइते भएका छन्। पत्रकार अधिकारी रेडियो नेपालका संवाददाता हुन्। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको उक्त जिप दुर्घटनामा परेको हो। उनी तिलोत्तमा नगरपालिकाले आगामी असोजमा आयोजना गर्नलागेको लगानी सम्मेलनको प्रचारप्रसारका लागि पूर्व जाँदै थिए।
घाइतेहरुलाई नोबल अस्पतालमा उपचारका लागि लगिएको छ।

प्रतिक्रिया