समाज


अमेरिकामा अध्ययनरत सिराहाका अजय साह मृत भेटिए

अमेरिकामा अध्ययनरत सिराहाका अजय साह मृत भेटिए

नेपालखबर
बैशाख २३, २०७८ बिहिबार २:२९,

अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थी मृत अवस्थामा फेला परेका छन्।

अमेरिकाको न्युजर्सीस्थित ड्रु विश्वविद्यालयमा साढे २ वर्षदेखि अध्ययनरत सिराहाका अजय साहको शव भेटिएको हो।

स्थानीय सञ्चारमाध्यम प्याचडटकममा प्रकाशित समाचारअनुसार न्युजर्सीमा बसोबास गर्ने उनी गत जनवरीमा न्युयोर्कका लागि प्रस्थान गरेका थिए। तर मोरिस काउन्टी अभियोजक कार्यालयले अचानक उनको शव फेला पारेको हो।

अमेरिकाकै टेक्ससमा बसोबासरत अजयका दाजु शिव साह गत जनवरी १८ देखि भाइ हराइरहेको भन्दै खोजी क्रममा न्युजर्सी आइपुगेका थिए। त्यस क्रममा उनले २२ वर्षीय भाइ अजय मृत फेला परेको खबर पाएका हुन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार मार्च ९ मा ब्रुकलिनको एङ्कोरेज नहरमा उनको शव फेला परेको हो।

न्युजर्सीबाट उनी न्युयोर्कको पेन स्टेसनमा देखिएको अनुसन्धानबाट पत्ता लागेको छ। गत मार्चमा सडक र अन्य स्थानका सीसी क्यामेराका उनी ब्रुकलिनको पुलमा देखिएका हुन्।

बेपत्ता भएका अजय साह अन्तिमपटक गत जनवरी १९ राति साढे ११ बजेसम्म न्युजर्सीको नेवार्क-पेन स्टेसनमा देखिएको पाइएको छ। उनकाे शव परिवारको जिम्मा लगाउन बाँकी नै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad