ad ad

समाज


चर्चित अभिनेत्री सुभद्रा अधिकारीको निधन

चर्चित अभिनेत्री सुभद्रा अधिकारीको निधन

नेपालखबर
साउन ३२, २०७६ शनिबार ६:९,

नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको छ।

लामो समयदेखि दमको रोगबाट पीडित ७३ वर्षीया अधिकारीको शनिबार बिहान  काठमाडौँको डल्लुस्थित आफ्नै निवासमा निधन भएको हो।

कलाकार कृष्ण मल्लले अभिनेत्री अधिकारिको निधन भएको पुष्टि गरेका छन्।

पाँच वर्षको उमेरमै सरस्वती सदन (क्याम्पस) मा शास्त्रीय नृत्य गरेकी उनले ६ वर्षकी छँदा नेवारी नाटक ‘कचिमचा’ (काँचो माटो) बाट अभिनय यात्रा थालेकी थिइन्।

चलचित्र ‘मनको बाँध’बाट ठूलो पर्दामा अभिनय सुरु गरकी अधिकारीले ‘चिनो’, ‘कन्यादान’, ‘भाउजु’, ‘अल्लारे’ लगायतका दर्जनौं चलचित्रमा अभिनय गरेकी छन्। उनी सफल रंगकर्मी पनि हुन्।

२००३ सालमा काठमाडौंको असनमा जन्मेकी अधिकारी पछिल्लो समयसम्म चलचित्र क्षेत्रमा सक्रिय थिइन्।

उनका १ छोरा र १ छोरी छन्। उनको आजै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .