कला


विश्वविख्यात बाँसुरीवादक चौरसियाको सांगीतिक कार्यक्रम सम्पन्न

विश्वविख्यात बाँसुरीवादक चौरसियाको सांगीतिक कार्यक्रम सम्पन्न

नेपालखबर
साउन ३२, २०७६ शनिबार ६:२१,

काठमाडौंमा विश्वविख्यात बाँसुरीवादक हरिप्रसाद चौरसियाको सांगीतिक कार्यक्रम सम्पन्न भएको छ। भारतको ७३औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा काठमाडौँस्थित भारतीय राजदूतावासले गत ३० गते भद्रकालीस्थित सैनिक सभामण्डपमा सांगीतिक कार्यक्रमको आयोजना गरेको हो।

उक्त कार्यक्रममा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली विशेष अतिथिका रुपमा उपस्थित भएको दूतावासले जनाएको छ।

basuri 1

राजनीतिज्ञ, कलाकार, संगीतकार, साहित्यकार, संचारकर्मी तथा विद्यार्थी लगायत विभिन्न क्षेत्रका झण्डै ७ सय भन्दा बढी व्यक्तिहरुको सो कार्यक्रमा उपस्थिति थियो। कार्यक्रममा चौरसियाका साथमा विवेक सोनार (बाँसुरी), देबोप्रिया रणदिवे (बाँसुरी), अमृता उप्रेती (तानपुरा) तथा शुभांकर बेनर्जी (तबला) थिए।

basuri 3

चौरसिया सांगीतिक क्षेत्रका विश्व प्रख्यात व्यक्तित्व हुन्।  उनले आफ्नो कुदरती आधुनिक तथा शास्त्रीय बाँसुरी बादनद्वारा समस्त दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .