समाज


दुई देवरसँग मिलेर पतिको हत्या गर्ने सुशीलासहित चारजना पक्राउ

दुई देवरसँग मिलेर पतिको हत्या गर्ने सुशीलासहित चारजना पक्राउ

शैलेन्द्र महतो
बैशाख २१, २०७८ मंगलबार १६:१६,

दुईजना देवरसँग मिलेर पतिको हत्या गरी फरार पत्नीसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषाको हंसपुर नगरपालिका–६ टिल्हीकी मृतक सम्भु मण्डलकी २७ वर्षीया श्रीमती शुशीला देवी मण्डल, उनका देवर अनिल मण्डलसहित छन्।

उनीहरुलाई भगाउन र लुकाउन सघाएको आरोपमा सिरहाको अरानामा गाउँपालिका तेजनारायण महरा र विनोद कुमार महतोलाई समेत पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक प्रकाश राणाभाटले जानकारी दिए।

हत्या गरेर भाग्ने क्रममा सुशीलासहित देवरहरुलाई मोटरसाइकलमा भगाएर लुकाउने काममा दुवैजनाको संलग्नता देखिएकाले पक्राउ गरेको उनको भनाइ छ।

चारैजनालाई उदयपुर जिल्लाका फतेपुर नगरपालिका १ बाट सोमबार राति पक्राउ गरी धनुषा ल्याइएको उपरीक्षक राणाभाटको भनाइ छ।

‘पक्राउ परेकी श्रीमती सुशीला देवी र भाइ अनिलले आफूहरु मिलेर सम्भुको हत्या गरेको स्वीकार गरेका छन्। तर के कति कारणले हत्या गरेको हो भन्ने कुरा खुल्न बाँकी छ। थप अनुसन्धान भइरहेको छ’ उपरीक्षक राणाभाटले नेपाखलबरसँग भने।

यधपी देवर भाउजुको अनैतिक सम्बन्धको कारण सम्भुको हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ। घटनामा बद्रीका अर्का माहिलो भाइ अझै पक्राउ पर्न सकेका छैनन्। उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

गएको शुक्रबार राति शम्भुको उनकी श्रीमती सुशीला देवीले दुई देवर संजय मण्डल र अनिल मण्डलसँग मिलेर हत्या गरेकी थिइन्।

सञ्जय र अनिल शम्भु मण्डलका माइला र कान्छो भाइ हुन्। राति २ बजे तीन जना मिलेर घरमै शम्भुको मोबाइलका तीनवटा चार्जरको तारले घाँटी कसेर र छुराले रेटेर हत्या गरेका थिए।

यो पनि : धनुषामा दुई देवरसँग मिलेर पतिको हत्या, स्थानीय भन्छन् : कारण ‘अनैतिक सम्बन्ध’

हत्या पश्चात उनीहरु फरार भएका थिए। स्थानीयका अनुसार सुशीला देवीको दुवैजना देवरसँग अनैतिक सम्बन्ध रहेको थियो।

पति सम्भुले एकसाता अघि देवरसँग अनैतिक सम्बन्ध राखेको देखेपछि पत्नी सुशीलालाई कुटपिट गरेका थिए। त्यसपछि सुशीला भागेर आफ्नो माइत धनुषाको विदेह नगरपालिका ७ बेला गएर बसेकी थिइन्।

त्यहाँ दुवैजना देवर गएर योजना बनाएपछि पुनः सोही साँझ घर फर्केर राति पतिको हत्या गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .