झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक (असई) महादेव ठाकुरको चट्याङ लागेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमबार राति १०ः५५ बजेतिर गस्तीमा रहेको अवस्थामा ठाकुरलाई चट्याङ लागेको थियो। चट्याङले गम्भीर घाइते भएका ४७ वर्षीय ठाकुरलाई उपचारको लागि तत्कालै भद्रपुरको ओमसाइ पाथिभरा अस्पताल पुर्याइएको थियो।
अस्पताल पुर्याउनासाथ चिकित्सकले ठाकुरलाई मृत घोषणा गरेका थिए। भारतसँगको सीमा नजिक रहेको अस्थायी प्रहरी चौकीको टोली साइकल गस्तीमा निस्किएको थियो।
हावाहुरी र भारी वर्षासँगै परेको चट्याङ ठाकुरलाई लागेको सहकर्मीले बताएका छन्। गस्तीमा खटिएका अरु प्रहरी भने सकुशल छन्। रासस
प्रतिक्रिया