नेपालमा गएको २४ घण्टामा ७ हजार ४ सय ४८ कोरोना संक्रमित थपिएका छन्।
१७ हजार १७६ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आज थप ३७ जना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मर्नेको संख्या तीन हजार ३६२ पुगेको छ।
आज २ हजार २१ जना संक्रमणमुक्त भएर घर फर्केका छन्।
प्रतिक्रिया