समाज


तनहुँमा बिहे भोज खाएका ३५ बिरामी, चार जनाको अवस्था गम्भीर

तनहुँमा बिहे भोज खाएका ३५ बिरामी, चार जनाको अवस्था गम्भीर

नेपालखबर
बैशाख २०, २०७८ सोमबार ३:५५,

तनहुँको व्यास नगरपालिका-१४ स्थित छाब्दीमा बिहेभोज खाएका ३५ जना बिरामी परेका छन्।

स्थानीय शरणहरि पन्थको घरमा बिहेभोज खाएका गाउँले बिरामी परेका हुन्। बिरामीका पखाला लाग्ने र बान्ता हुने समस्या देखिएको छ। कसैकसैलाई ज्वरो आउनेलगायतका लक्षण देखिएको स्थानीयले बताएका छन्।

शुक्रबार भएको बिहेपछि शनिबार पन्थको घरमा भोज आयोजना गरिएको थियो। बिहे भोजमा सहभागी ८० प्रतिशत मानिस बिरामी परेको छाब्दीस्थित सहारा हेल्थ केयरका स्वास्थ्यकर्मी शैलेन्द्र हडखलेले जानकारी दिए। चार जना अलि गम्भीर प्रकृतिका बिरामी छन्। उनीहरुलाई स्लाइन चढाएर उपचार भइरहेको उनले बताए।

बिरामी सबैको आज स्वाब सङ्कलन गरी कोरोना परीक्षण गरिने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। नगरपालिकाको स्वास्थ्य प्रमुख प्रमोद सोतीले यस विषयमा थप जानकारी लिने काम भइरहेको जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad