समाज


प्रदेश २ सरकारले कोरोना नियन्त्रणमा खटेका व्यक्ति संक्रमित भए उपचार खर्च व्यहोर्ने

प्रदेश २ सरकारले कोरोना नियन्त्रणमा खटेका व्यक्ति संक्रमित भए उपचार खर्च व्यहोर्ने

शैलेन्द्र महतो
बैशाख १९, २०७८ आइतबार १३:३०,

कोरोना नियन्त्रण तथा उपचारमा खटेका जनशक्ति संक्रमित भए उपचार खर्च प्रदेश २ सरकारले ब्यहोर्ने भएको छ।

प्रादेशिक कोरोना संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले सो निर्णय गरेको हो।

बैठकले भविष्यमा बढ्न सक्ने संक्रमितको चापलाई ध्यानमा राख्दै प्रदेश भित्रका अन्य निजि अस्पतालहरुलाई नेपाल सरकारको मापदण्ड बमोजिम सम्झौता गरि सञ्चालनमा ल्याउन समाजिक विकास मन्त्रालयका सचिवको नेतृत्वमा रहेको समितिलाई जिम्मेवारी दिने निर्णयसमेत गरेको छ।

त्यसै गरि बैठकले प्रदेश भित्र संचालनमा रहेका सार्वजनिक तथा सामुदायिक अस्पतालहरुको प्रयोगशालामा पीसीआर टेष्ट गर्न लगाउने निर्णय समेत गरेको छ।

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको पीसीसीएमसीको बैठकमा मन्त्रीहरु, प्रमुख सचिव लगायतका प्रदेश सरकारका सचिवहरु, सुरक्षा निकायका प्रमुख एवं स्वास्थ्य क्षेत्रका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .