नेपाली कांग्रेसका प्रतिनिधि सभाका प्रमुख सचेतक बालकृष्ण खाणले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले बहुमत गुमाएका एमाले नेता शंकर पोखरेललाई पुनः मुख्यमन्त्री नियुक्त गरेर गलत गरेको टिप्पणी गरेका छन्।
खाणले मुख्यमन्त्री शंकर पोखरेलले नाटकीय रुपमा राजीनामा दिएको बताएका छन्।
नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४२ सांसदलाई प्रदेश प्रमुख धर्मनाथ यादवले दिउँसै रात पारेको टिप्पणी गरेका छन्।
खाणले पोखरेलको विरुद्धमा ४२ सांसदले हस्ताक्षर बुझाउँदा पनि मुख्यमन्त्रीमा पुनः नियुक्त गर्ने प्रदेश प्रमुख साहको निर्णय संविधान र कानुनको बर्खिलापमा रहेको बताए।
यो पनि :
- पोखरेलका फास्ट ट्रयाक कदमः बिहान प्रदेश सभा अन्त्य र राजीनामा, आजै पुनः नियुक्तिको तयारी
3
Shares

प्रतिक्रिया