मकवानपुरको लोथरमा तीन सय घरधुरी बनाउने भन्दै काठमाडौंको माछापोखरीमा ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं सितापाईला बस्ने मकवानपुर राक्सिराङ गाउँपालिका–४ घर भएका २४ वर्षीय राज प्रजा, २५ वर्षीय राज कुमार प्रजा, ३० वर्षीय दिपक प्रजा, ३८ वर्षीय श्याम कुमार प्रजा र ३४ वर्षीय विनोद प्रजा रहेका छन्।
उनीहरुले मकवानपुरको लोथरमा ३ सय घर धुरीको चेपाङ बस्ती बनाईदिने भनी प्रत्येक घर धुरीबाट फर्म भरे वापत २ हजार रुपैयाँ र पछि उक्त रकम बराबरको घर र शौचालय बनाई दिने भनी ठगी गर्ने गरेको अनुसन्धनाबाट खुल्न आएको छ।
प्रहरीले उनीहरुको साथबाट नगद ८५ हजार ५ सय रुपैयाँ, नक्कली छाप ४ थान, रजिष्ट्रेशन फर्महरु, भिजिटिङ कार्ड, रजिष्टरहरु, एभरेष्ट र महालक्ष्मी बैंकको चेक बुक २ थान, मोबाइल २ थान र नेपाली राहदानी १ थान समेत बरामद गरेको छ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया