कारोबार


विदेशबाटै आयात हुन्छ उपत्यकामा खपत हुने ९० प्रतिशत खुर्सानी

विदेशबाटै आयात हुन्छ उपत्यकामा खपत हुने  ९० प्रतिशत खुर्सानी

नेपालखबर
साउन ३१, २०७६ शुक्रबार १२:५३,

उपत्यकामा खपत हुने दैनिक उपभोग्य वस्तुमध्ये धेरै जसो विदेशबाट नै आयात हुने गरेको तथ्यांकले देखाएको छ।

माछा–मासुदेखि खुर्सानी, प्याजजस्ता अधिकांश वस्तु विदेशबाट आयात हुने गरेको पाइएको हो।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तयार गरेको तथ्यांकअनुसार उपत्यकामा खपत हुने सुकेको खुर्सानीमध्ये १० प्रतिशत नेपालको आन्तरिक उत्पादनबाट आउने गरेको छ भने ९० प्रतिशत विदेशबाट आयत भएको तथ्यांक विभागमा रहेको छ। विभागले सम्बन्धित व्यवसायीसँगबाट यो तथ्यांक लिएको हो।

त्यस्तैगरी ९५ प्रतिशत कागती विदेशबाटै आयात हुने गरेको छ। आलु ५० प्रतिशत, हरियो तरकारी ४० प्रतिशत, प्याज ९५ प्रतशत तथा खपत हुने प्रयाः सबै विदेशबाट आयत हुने देखिएको छ।

बंगुरमा भने नेपल आत्मनिर्भर रहेको तथ्यांकले देखाएको छ। उपत्यकामा दैनिक ६ सय वटासम्म बंगुरको मासु खपत हुने गरेकोमा सबै नेपालको आन्तरिक उत्पादनबाट नै हुने गरेको देखिएको छ।

त्यस्तैगरी माछामा ६० प्रतिशत विदेशबाट आयत हुने गरेको देखिएको छ। दैनिक ५ हजार केजीसम्म उपत्यकामा माछा खपत हुने गरेको छ। त्यसमा ४० प्रतिशत मात्रै आन्तरिक उत्पादनको हिस्सा रहेको छ।

अण्डा र कुखुरामा नेपाल आत्मनिर्भर हरेको छ। राँगा–भैँसी जुन मःमःको रुपमा पनि अत्याधिक प्रयोग हुन्छ। त्यसमा ९० प्रतिशत विदेशको भर परिरहेको छ। दैनिक ८ सय वटासम्म राँगा भैँसी खपत हुने गरेको १० प्रतिशत मात्रै नेपालको अन्तरिक हुने गरेको छ।

त्यस्तै उपत्यकामा दैनिक १ हजार २ सय वटासम्म खसी–बोका खपत रहेको छ। त्यसमा ८ सय वटा विदेशबाट र ४ सय वटा नेपालको प्रयोग हुने गरेको छ।

विभागले तयार गरेको यो तथ्यांक जेठ अन्तिमदेखि साउन मध्यसम्मको भएको उल्लेख गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad