समाज


कलंकीमा भएको मोटरसाइकल दुर्घटनाको फुटेज खोज्दै प्रहरी

कलंकीमा भएको मोटरसाइकल दुर्घटनाको फुटेज खोज्दै प्रहरी

नेपालखबर
बैशाख १९, २०७८ आइतबार ६:३०,

कलंकीमा भएको मोाटरसाइकल दुर्घटनाको फुटेज उपलब्ध गराइदिन प्रहरीले आग्रह गरेको छ।

बुधबार राति एक जनाको ज्यान लिएर पहिचान नखुलेको मोटरसाइकलमा सवार व्यक्ति फरार भएपछि काठमाडौं प्रहरी परिसरले फुटेज खोजि गरेको हो।

कलकी रिङ्गरोड सीता पेट्रोल पम्पनजिक भएको दुर्घटनामा बा.६५प १५२६ नम्बरको मोटरसाइकलमा सवार राजमान महर्जनको ज्यान गएको परिसरका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले बताए।

राति अन्दाजी करिब ८ बजे अर्को मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ। तर उक्त दुर्घटनाको सिसिटिभि फुटेजमा समेत रेकर्ड नदेखिएपछि कोही कसैले देखेको या मोवाइलले भिडियो लिएको भए उपलव्ध गराइदिन प्रहरीले अनुरोध गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .