समाज


धनुषामा दुई देवरसँग मिलेर पतिको हत्या, स्थानीय भन्छन् : कारण ‘अनैतिक सम्बन्ध’

धनुषामा दुई देवरसँग मिलेर पतिको हत्या, स्थानीय भन्छन् : कारण ‘अनैतिक सम्बन्ध’

शैलेन्द्र महतो
बैशाख १८, २०७८ शनिबार ५:६,

धनुषामा एक महिलाले दुई देवरसँग मिलेर पतिको हत्या गरेकी छन्।

धनुषाको हंसपुर नगरपालिका वडा नं ६ टिल्हीका बद्री मण्डलका ३५ वर्षीय छोरा शम्भु मण्डलको हत्या भएको हो।

स्थानीय २७ वर्षीया सुशीलादेवी मण्डलले दुई देवर सञ्जय र अनिल मण्डलसँग मिलेर पतिको हत्या गरेको धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले नेपालखबरलाई जानकारी दिए।सञ्जय र अनिल शम्भु मण्डलका माइला र कान्छो भाइ हुन्।

उनका अनुसार शुक्रबार राति करिब २ बजे तीन जना मिलेर घरमै शम्भुको हत्या गरेका हुन्। मोबाइलका तीनवटा चार्जरको तारले घाँटी कसेर र छुराले रेटेर हत्या गरेको शवको प्रकृतिले देखिएको छ। घटनापश्चात् तीनैजना फरार भएका छन्।

डीएसपी मिश्रका अनुसार राति २ बजे घटना भए पनि प्रहरीमा एक घण्टा ढिला जानकारी आएकाले राति ३ बजे मात्र इलाका प्रहरी कार्यालय (औरही)को टोली घटनास्थल पुगेको थियो। पोस्टमार्टमका लागि शम्भुको शव प्रादेशिक अस्पताल जनकपुर ल्याइएको प्रहरीले जनाएको छ। 

प्रहरीले घरायसी विवादमा हत्या भएको बताएको छ। तर स्थानीयले देवरसँगको अनैतिक सम्बन्धका कारण सुशीलाले योजनाबद्ध तरिकाले पतिको हत्या गरेको दाबी गरेका छन्।

एक स्थानीयका अनुसार सुशीलाले एकसाता अघि देवरसँग अनैतिक सम्बन्ध राख्ने क्रममा पति शम्भुले देखेका थिए। त्यसपछि शम्भुले कुटपिट गर्दा सुशीला भागेर धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीस्थित माइतीघर गएर बसेकी थिइन्।

एक स्थानीयले भने, ‘शुक्रबार दुवै देवर सञ्जय र अनिल भाउजू सुशीलाको माइत पुगेका थिए। त्यसपछि सुशीलाले पति शम्भुलाई फोन गरी म घर फर्किन्छु, लिन आउनू भनेर बोलाइन् र साँझ घर आइन्। राति घरमा तीनै जना मिलेर शम्भुको हत्या गरी फरार भए।’

शम्भु र सुशीलाका एक छोरा र एक छोरी छन्। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad