समाज


भारतमा थामिएन कोरोना महामारी, एक दिनमै थप ४ लाखभन्दा बढी व्यक्तिमा संक्रमण

भारतमा थामिएन कोरोना महामारी, एक दिनमै थप ४ लाखभन्दा बढी व्यक्तिमा संक्रमण

नेपालखबर
बैशाख १८, २०७८ शनिबार २:६,

भारतमा एक दिनमै थप ४ लाखभन्दा बढी व्यक्तिलाई कोरोना संक्रमण भएको छ।

बीबीसी हिन्दीका अनुसार पछिल्लो २४ घण्टा (शुक्रबार राति ११ बजेसम्म) मा थप ४ लाख ८ हजार ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

२४ घण्टाभित्र भेटिएका संक्रमितको यो संख्या विश्वमै अहिलेसम्मकै बढी हो।

यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणका कारण ३ हजार ४ सय ६४ जनाको मृत्यु भएको छ।

भारतमा अहिलेसम्म कोरोना संक्रमणमा परेका व्यक्तिको कूल संख्या १ करोड ९१ लाख ६३ हजार ४८८ पुगेको छ भने यसकै कारण मृत्यु भएकाको संख्या २ लाख ११ हजार ७८८ पुगिसकेको छ।

यी पनि :

भारतबाट अमेरिका प्रवेश निषेध गर्ने निर्णय

भारतमा कोरोना महामारीमाथि अर्काे विपद् : कोभिड अस्पतालमा भीषण आगलागी, १३ बिरामीको मृत्यु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad