भारतमा कोरोना संक्रमण द्रुत गतिमा बढेको बढ्यै गरेपछि अमेरिकी सरकारले भारत–अमेरिका यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
ह्वाइट हाउसका प्रवक्ता जेन साकीले भारत– अमेरिका यात्रामा प्रतिबन्ध आगामी मंगलबार अर्थात् मे ४ तारिखदेखि लागू गरिने जानकारी दिएकी छन्।
उनले भनिन्, ‘भारतमा कोरोना संक्रमण व्यापक मात्रामा बढिरहेको छ। साथै त्यहाँ फैलिएको नयाँ भेरिएन्ट चिन्ता बढाउने खालको छ।’
उनका अनुसार अमेरिकी नागरिक, स्थायी बसोबासको अनुमति तथा छुट पाएका व्यक्तिका लागि भने यात्रा प्रतिबन्ध लागू हुने छैन।

प्रतिक्रिया