समाज


कोरोना संक्रमणको कारण विहारका मुख्यसचिव अरुणकुमारको निधन

कोरोना संक्रमणको कारण विहारका मुख्यसचिव अरुणकुमारको निधन

नेपालखबर
बैशाख १७, २०७८ शुक्रबार २३:४९,

भारतको विहार ।राज्यका मुख्यसचिव अरुणकुमार सिंहको कोरोना संक्रमणको कारण निधन भएको छ।

संक्रमणपछि स्वास्थ्यमा देखिएको जटिलताका कारण शुक्रबार उनको पटनाको एक अस्पतालमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

सिंह भारतीय प्रशासनिक सेवा (आईएएस) का वरिष्ठ अधिकारी थिए । कोरोनाभाइरस परीक्षणमा संक्रमण पुष्टि भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा निधन भएको विहारका मुख्यमन्त्री नीतिश कुमारले जानकारी दिए।

जनता दल युनाइटेडका सर्वोच्च नेता नीतिश कुमारले राज्यको विधानसभा चुनाव जितेको केही दिनपछि सिंह यसैवर्षको फेब्रुअरीमा विहारको मुख्य सचिव नियुक्त भएका थिए।

सन् १९८५ मा अधिकृतमा नाम निकालेका सिंहलाई वरिष्ठ आईएएस अधिकारी दीपक कुमारको ठाउँमा लगिएको थियो।

विहारमा हाल एक लाख ८८२ जना कोभिड–१९ को सक्रिय सङ्क्रमित रहेका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। यो राज्यमा अहिलेसम्म कोभिड–१९ सङ्क्रमणका कारण दुई हजार ४८० व्यक्तिको मृत्यु भइसकेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad