समाज


सर्लाहीको एक पेट्रोल पम्पमा साँझमै लाखौं लुटपाट

सर्लाहीको एक पेट्रोल पम्पमा साँझमै लाखौं लुटपाट

नेपालखबर
बैशाख १७, २०७८ शुक्रबार १८:१०,

सर्लाहीको एक पेट्रोल पम्पमा साँझमै लखौं लुटपाट भएको छ।

सर्लाहीको पर्सा गाउपालिका वार्ड नं. २ संग्रामपुरमा रहेको श्री बौद्वी फ्युल सेन्टर (पेट्रोल पम्प) मा शुक्रबार साँझ हतियारसहित आएका लुटेराहरुले हवाई फायर गर्दै लुटपाट गरेका हुन्।

पर्सा गाउपालिका वार्ड नम्बर ३ का वडाध्यक्ष भिखारी साहले संचालन गरेको सो पेट्रोल पम्पमा १० लाख रकम लुटेर लगेको संचालकले बताएका छन्।

सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठोरले ४ लाख रुपैयाँ लुटेर लगेको बताए। उपरीक्षक राठोरले घटनाको विषयमा अनुसन्धान र लुटेराहरुको खोजी कार्य भइरहेको बताए।

घटनास्थलबाट गोलीको खोका समेत बरामद भएको छ। लुटपाट भएको पेट्रोलपम्पदेखि सय मिटर पर नेपाल प्रहरी र सशस्त्र प्रहरीको चौकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad