ad ad

समाज


नारायणी अस्पतालको आइसियूमा राखिएका थप तीन कोरोना संक्रमितको मृत्यु

नारायणी अस्पतालको आइसियूमा राखिएका थप तीन कोरोना संक्रमितको मृत्यु

नेपालखबर
बैशाख १७, २०७८ शुक्रबार ५:७,

वीरगञ्जको नारायणी अस्पतालमा भर्ना भएका थप तीन जना कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ। अस्पतालको आइसीयूमा भर्ना भएका दुई महिला तथा एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

श्वासप्रश्वासमा समस्या तथा निमोनियाबाट ग्रसित वीरगञ्ज–१६ निवासी ४८ वर्षीय महिलाको गएराति १ः४५ बजे र वीरगञ्ज–३ छपकैया निवासी महिलाको गए राति ९ः३० बजे मृत्यु भएको छ। त्यसैगरी बाराको जितपुर सिमरा-२४ निवासी ७७ वर्षीय पुरुषको गए राति ११ः३० बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक ड.सरोजरोशन दासले जानकारी दिए।

नगवा निवासी महिलामा निमोनियालगायत रोगको लक्षण देखिएपछि उनलाई वैशाख १२ गते अस्पताल भर्ना गरिएको थियो। उनको सोही दिन पिसिआर विधिबाट परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको थियो भने छपकैया निवासी महिलालाई वैशाख १४ गते अस्पताल भर्ना गरिएको थियो।

उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र मधुमेहबाटसमेत ग्रसित रहेका जितपुर सिमरा निवासी पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि वैशाख १० गते अस्पतालमा भर्ना गरिएको थियो।

सोही दिन पिसिआर विधिबाट परीक्षण गर्दा उनमा सङ्क्रमण पुष्टि भएको ड.दासले जानकारी दिए। यससँगै पर्सामा कोरोना सङ्क्रमणकै कारण मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको जिल्ला प्रशासन कार्याल पर्साले जनाएको छ।

थप १७५ जनामा संक्रमण पुष्टि

दुई अङ्कमा भेटिदै आएको कोरोना सङ्क्रमितको सङ्ख्या पर्सामा तेहरो अङ्कमा प्रवेश गरेको छ । वीरगञ्ज नारायणी अस्पतालको प्रयोगशालामा २८८ जनाको स्वाब नमूनालाई परीक्षण गर्दा १७५ मा सङ्क्रमण पुष्टि भएको हो। जिल्लाका विभिन्न स्थानबाट सङ्कलन गरिएको स्वाब नमूनाको आज बिहान आएको परीक्षण रिर्पोटमा १० देखि ७२ वर्ष उम्मेर समूहका १३१ पुरुष र ४४ महिलामा सङ्क्रमण पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ।

सङ्क्रमितमध्ये सबैभन्दा बढी वीरगञ्ज महानगरपालिकाबाट १३१, बाराबाट ३४, सर्लाहीबाट पाँच, रौतहटबाट तीन र महोत्तरी तथा दाङका एक÷एक जना रहेका नारायणी अस्पतालका कोभिड संयोजक ड.दासले जानकारी दिए।

नयाँ सङ्क्रमितको सिटी भ्यालु १४.२ देखि ३५.२ सम्म रहेको छ भने १५ देखि ३५ वर्ष उमेर समूहका सङ्क्रमितको सङ्ख्या बढी छ। आज पुष्टि भएकासहित पर्सामा कूल सङ्क्रमितको सङ्ख्या चार हजार ४३९ पुगेको छ। जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार २९२ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .