यही साउन २९ गते (१४ अगस्ट) मा एसिया प्यासिफिक विश्वविद्यालयसँग सम्बद्धता लिएको लर्ड बुद्घ एजुकेसन फाउन्डेसन (एलबीईएफ) क्याम्पसले अन्नपूर्ण होटल, दरवारमार्गमा पहिलो पटक आफ्नो दिक्षान्त समारोह आयोजना गरेको छ।
दतुक परमजित सिंह, एपीआईआईटीका सह संस्थापक तथा प्रमुख कार्यकारी निर्देशक तथा एसिया प्यासिफिक यूनिभर्सिटी (एपीयू)का उप–प्रमुख गुर्प्रदिप सिंहले समारोहको उद्घाटन गरे।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको प्रमुख आतिथ्य रहेको कार्यक्रममा एलबीईएफ ग्रूप अफ इन्टीच्यूसन्सका संस्थापक परमानन्द केजरिवालका साथै अन्य अतिथीहरुः पंकज जालान– एलबीईएफ ग्रूप अफ इन्टीच्यूसन्सका अध्यक्ष, डा. गिता भक्त जोशी – एलबीईएफ ग्रूप अफ इन्टीच्यूसन्सका शैक्षिक सल्लाहकार, प्रकाश कुमार – एलबीईएफ ग्रूप अफ इन्टीच्यूसन्सका निर्देशक, डा. सन्दिप कौतिश – एलबीईएफ ग्रूप अफ इन्टीच्यूसन्सका डिनद्वारा उत्तिर्ण विद्यार्थीहरुलाई दिक्षित गरियो।
बीबीएम र बीएस्सीआइटीका कुल ५६ विद्यार्थी दिक्षित भए। यि सबै डिग्रीहरुले शिक्षा मन्त्रालयको स्विकृति प्राप्त गरि त्रिभुवन विश्वविद्यालयको समन्वय हासिल गरेका छन्।
१९९८ मा स्थपना भइ २१ वर्ष लामो गौरपूर्ण इतिहास रहेको यस संस्था नेपालको पहिलो आईटी कलेज हो। यस संस्थामा ८००० भन्दा बढी विद्यार्थी आबद्ध भएर आफ्नो उच्च शिक्षा हासिल गरिसकेका छन्। एलबीईएफले एसिया प्यासिफिक यूनिभर्सिटी (एपी)सँगको सम्बद्धतामा स्नातक तथा स्नातकोत्तर तहका कक्षहरु सञ्चालन गरिरहेको छ।
एपीयूलाई मलेसियाको उत्कृष्ट विश्वविद्यालय घोषित गरिनुका साथै शिक्ष मन्त्रालयद्वारा टायर ५ (उत्कृष्ट) तथा मलेसियन क्वालिफिकेसन एजेन्सीद्वारा सेटारा २०११ र २०१३ प्रदान गरिएको छ।

प्रतिक्रिया