कला


बसन्तको संगीतमा ‘आज पनि तिम्रो याद’ (भिडियो)


नेपालखबर
साउन ३१ ,

गायक डीबी तामाङ नेपाली संगीतमा नयाँ नाम पक्कै होइन। गायक तामाङले सन् २०१४ मा ‘एउटा तारा’ नामक एल्बम सार्वजनिक गरिसकेका छन्। तेस्पश्चात सन् २०१५ उनले ‘बुद्द संदेश भाग २’ सार्वजनिक गरेका थिए। उनले गाएका ‘उहिले हामी’, ‘निलो निलो’, ‘तिमी बिना’ बोलका गीतहरु श्रोता दर्शकले सुनिसकेका छन्।

हाल अमेरिकामा भएका गायक तामाङले केही दिन अघि मात्रै ‘आज पनि तिम्रो याद’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन्। आज पनि तिम्रो याद बोलको सेण्टिमेन्टल भर्सनको यस गीतमा स्वर डीबी तामाङको रहेको छ भने शब्द लक्की राशिको रहेको छ। गीतमा संगीत चर्चित संगीतकार बसन्त सापकोटाको रहेको छ। गीतको एरेञ्ज्मेण्ट साहस शाक्यले गरेका हुन्।

रमणीय ठाउमा छायांकन गरिएको यस गीतको भिडियोलाई बाशु बरालले खिचेका हुन्। बिष्णु खड्काले भिडियो सम्पादन गरेका हुन्। कमल सिंह, चन्दा दहाल, आकाश ईडोको अभिनय रहेको भिडियोलाई बिक्रम दहालले निर्देशन गरेका हुन्। सन् २०१९ मा आफ्नो नयाँ एल्बम सार्वजनिक गर्ने तयारीमा रहेका गायक तामाङको आफ्नै अफिसीएल युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

साउन ३१, २०७६ शुक्रबार १०:७

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad