गएको २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ।
नेपालमा कोरोना संक्रमण फैलन सुरु गरेपछि एक दिनमा मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ३५ जनाको ज्यान गएसँगै अहिलेसम्म मृत्यु हुनेको संख्या तीन हजार २४६ पुगेको छ।
यस्तै, आज चार हजार ९२८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
१२ हजार ५९७ जनाको पीसीआर परीक्षण गर्दा चार हजार ८३१ र ९६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जनामा संक्रमण पुष्टि भएको हो।

प्रतिक्रिया