समाज


काठमाडौंका मेयरको अपिलः स्वास्थ्य जटिलता आए यो नम्बरमा फोनु गर्नुस्

काठमाडौंका मेयरको अपिलः स्वास्थ्य जटिलता आए यो नम्बरमा फोनु गर्नुस्

नेपालखबर
बैशाख १६, २०७८ बिहिबार १०:४६,

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडाैं उपत्यकाभित्रको धार्मिक तथा सांस्कृतिक स्थलहरुमा भीडभाड नगर्न महानगरबासीलाई अपिल गरेका छन्।

बिहीबार महानगरपालिका बासिलाई अपिल गर्दै प्रमुख विद्यासुन्दर शाक्यले कोरोना संक्रमणको दोस्रो लहर काडमाडौंभित्र द्रुत गतिमा फैलिनसक्ने भन्दै सरकारले जारी गरेको सुचनालाई आधार मानी स्वास्थ्यसम्बन्धी तोकिएको मापदण्ड पालना गर्न आग्रह गरे।

उनले काठमाडौं महानरपालिका देशको प्रमुख सांस्कृतिक सहर भएका कारण मठ, मन्दिर लगायत धार्मिक स्थलहरुमा पुजापाठ गर्ने प्रचलन रहेको भन्दै धार्मिक स्थलमा भीडभाड हुँदा संक्रमण फैलिने भएकाले ति स्थानहरुमा भिडभाड नगरीदिन अनुरोध गरेका छन्।

प्रमुख शाक्यले महानगरपालिकाभित्र बसोबास गर्नेहरुमा कुनै प्रकारको स्वास्थ्य जटिलता आएका हटलाइन ११८०, मोबाइल नम्बरहरु ९८४९८५६६७२, ९८४९८५६६७१ र कोरोनाका बिरामीहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा चाहिएमा १०२ मा सम्पर्क गर्न अनुरोध गरेका छन्।

अन्य कुनै समस्या भएमा सम्बन्धित वडाका वडाअध्यक्षहरुको नम्बरमा सिधै सम्पर्क गर्न पनि प्रमुख शाक्यले अनुरोध गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad