समाज


काठमाडौं महानगरद्वारा १० वटा निशुल्क एम्बुलेन्स सञ्चालन

काठमाडौं महानगरद्वारा १० वटा निशुल्क एम्बुलेन्स सञ्चालन

नेपालखबर
बैशाख १६, २०७८ बिहिबार १०:४०,

काठमाडौं महानगरपालिकाले निषेधाज्ञाको अवधिभर महानगरबासीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ।

काठमाडौं महानगरपालिकाले बिहिबारदेखि महानगरबासीका लागि १० वटा निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको छ। महानगरपालिकाले संयुक्त एम्बुलेन्स चालक संघसँग बिहिबारदेखि १० वटा एम्बुलेन्स निःशुल्क सञ्चालन गर्नको निम्ति सम्झौता गरेको हो।

निषेधाज्ञाको समयमा काठमाडौंबासिलाई पर्ने स्वास्थ्य समस्या समाधानका लागि घरबाट अस्पताल, अस्पतालबाट घर र अस्पतालबाट अस्पताल सम्मको निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले बताए।

महानगरपालिकाले वैशाख १६ गतेदेखि १५ दिनसम्म निःशुल्क एम्बुलेन्स सेवा दिने भएको हो।

महानगरपालिकाले १५ दिनका लागि प्रति एम्बुलेन्स एकमुष्ठ करसहित १ लाख २१ हजार रुपैयाँ संयुक्त एम्बुलेन्स चालक संघलाई दिइने सम्झौतापत्रमा उल्लेख गरिएको छ।

एम्बुलेन्सले काठमाडौं महानगरपालिका भित्र २४सै घण्टा सेवा प्रदान गर्ने जनाइएको छ। महानगर प्रमुख विद्यासुन्दर शाक्यले कहिँकतैबाट पनि गुनासो नआउनेगरी सेवा दिन एम्बुलेन्स चालकहरुलाई आग्रह गरे।

कसैलाई हेलचेक्र्याईं र दुव्र्यवहार नगरी सेवा प्रवाह गर्न उनले निर्देशनसमेत दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad