कोरोना संक्रमण तीव्र रूपमा फैलिन थालेपछि रोकथामका लागि काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी भएका छन्।
आज (बिहीबार) बिहानसम्म निषेधाज्ञा जारी भएका जिल्लाको संख्या १० पुगेको छ।
सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जारी गरेका आदेशमा अत्यावश्यक काममाबाहेक घरबाट समेत बाहिर ननिस्किन भनिएको छ।
अन्यथा संक्रामक रोग ऐन-२०२० र स्थानीय प्रशासन ऐन-२०२८ अनुसार कारबाही हुने चेतावनी दिइएको छ।
के हुन्छ, कारबाही?
संक्रामक रोग ऐन-२०२० अनुसार प्रशासनको आदेश पालना नगरेमा १ महिनासम्म कैद वा सय रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुन सक्छ भने संक्रामक रोग ऐन कार्यान्वयनमा बाधा पुर्याउनेलाई ६ महिनासम्म कैद वा ६ सय रुपैयाँ जरिवाना अथवा दुवै सजायसमेत हुनसक्ने व्यवस्था छ।
यसैगरी स्थानीय प्रशासन ऐन-२०२८ अनुसार प्रशासनको आदेश उल्लंघन गर्नेलाई प्रमुख जिल्ला अधिकारीले ५ सय रुपैयाँसम्म जरिवाना वा १ महिनासम्म कैद वा दुवै सजाय दिन गर्न सक्ने व्यवस्था छ।

प्रतिक्रिया