समाज


ओखलढुंगामा शक्तिशाली बम फेला

ओखलढुंगामा शक्तिशाली बम फेला

नेपालखबर
बैशाख १६, २०७८ बिहिबार ४:५२,

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा पाइप बम फेला परेको छ। खिजीदेम्बाको ७ र ८ नम्बर वडाको सिमानामा पर्ने गुन्छा खोलामा पाइप बम फेला परको हो।

घाँस काट्न जाँदा जंगल गएका स्थानीयले शङ्कास्पद वस्तु देखेपछि प्रहरी चौकी रावादोलुमा खबर गरेका थिए। बम भेटिएको खबर आएपछि प्रहरी चौकी रावादोलुबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

प्लास्टिकले बेरेको अवस्थामा पाइप बम एक थान र अन्य दुई थान शङ्कास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक शिव कट्टेलले जानकारी दिए।

जिल्लाबाट प्रहरी निरीक्षक लङ्कबहादुर श्रेष्ठको कमाण्डमा पाँच प्रहरी र अरिदमन गण ओखलढुङ्गाबाट क्याप्टेन फत्तनारायण श्रेष्ठको कमाण्डमा गएको नौ जना सेनाको टोलीले बम डिस्पोज गरेको छ।

‘निकै पुरानो बम रहेछ । शुरुमा डिस्पोज गर्न समस्या भयो, पछि त्यो क्षेत्रमा एउटा तरङ्ग दिनेगरि पड्कियो । सायद द्वन्द्वको समयमा राखिएको बम हो । यत्तिको शक्तिशाली बम त्यो बेला मात्रै राखिन्थ्यो’, प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘यत्तिका दिन सम्म किन देखिएन, फेरि बाहिरै रहेछ। त्यो क्षेत्रमा अरु पनि बम हुन सक्छन् । सतर्क रहन आवश्यक देखियो।’

कतै त्यस्तो शङ्कास्पद वस्तु देखेमा नचलाई, नछोई तत्काल प्रहरीलाई खबर गर्न जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले आग्रह गरेको छ।

तत्कालीन माओवादीले द्वेन्द्वको समयमा आधार इलाका राखेको खिजीदेम्बामा बेवारिसे विस्फोटक पदार्थ फेला पर्ने क्रम रोकिएको छैन। द्वन्द्वकाल अन्त्य भएको लामो समय भइसक्दा पनि विस्फोटक पदार्थ फेला पर्ने क्रम नरोकिँदा स्थानीयवासी त्रासमा छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad