समाज


नेपालमा संक्रमण दर २२८ प्रतिशतले वृद्धि

नेपालमा संक्रमण दर २२८ प्रतिशतले वृद्धि

नेपालखबर
बैशाख १५, २०७८ बुधबार १६:५,

नेपालमा कोभिड–१९ को संक्रमण दर उच्च रहेको छ। नेपालमा अहिले संक्रमित २२८ प्रतिशतका दरले बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले आज यहाँ आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका सङ्क्रामक रोग विशेषज्ञ डा अर्चना श्रेष्ठले गत हप्ताको तुलनामा यसहप्ता नेपालमा संक्रमित दर २२८ प्रतिशतले वृद्धि भएको जानकारी दिइन्। उनका अनुसार यसहप्ता यहाँको सङ्क्रमण दर भारतको जस्तै रहेको छ।

गतवर्ष भारतमा नेपालको भन्दा एक महिनाअघि नै बढी सङ्क्रमण दर रहेको यसवर्ष भने नेपाल र भारतको सङ्क्रमणको दर एउटै रहेको उनले जानकारी दिइन्।

‘चार हप्तामा भारतजस्तै नेपालमा सङ्क्रमणको दर छिटो छिटो बढेको छ’, उनले भने, ‘नेपालमा भारतमा भन्दा बढी सङ्क्रमण दर रहेको छ।’

नेपाल भारतभन्दा द्रुत गतिमा सङ्क्रमणको दर बढिरहेको उनको भनाइ छ। भारतमा जस्तै नेपालमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पनि बढिरहेको उनले जानकारी दिइन्। संसारभरमा नेपाल अहिले सङ्क्रमण सार्नेमा सबैभन्दा उच्च रहेको उनले सुनाइन्।

एक जनाले दुई जनाभन्दा बढीलाई संक्रमण सारिरहेको छ। आज मात्र चार हजार ८९७ जनामा संक्रमण देखिएको छ। अहिलेसम्म नेपालमा तीन लाख १२ हजार ६९९ जनामा संक्रमण, दुई लाख ७९ हजार २७९ जना निको र तीन हजार २११ को निधन भइसकेको छ।

एक महिनामा एक लाख ९३ हजार संक्रमित
उनका अनुसार यही दरमा सङ्क्रमण फैलिने हो भने एक महिनामा एक लाख ९३ जना सङ्क्रमित हुनेसक्ने छन्।

‘एक वर्षमा जति सङ्क्रमित फेला पारेका थियौँ, सङ्क्रमित यही दरमा बढ्ने हो भने हामी तीन महिनामा विगत एक वर्षको सङ्क्रमितको सङ्ख्या पुग्ने छ’, उनले भनिन्, ‘सङ्क्रमतिको सङ्ख्या मात्र होइन मृत्यु पनि त्यसरी नै बढ्ने छ, यही गति दरमा सङ्क्रमण बढ्ने हो भने हामीले १०० देखि १५० मानिसलाई गुमाउनु पर्छ।’
आज १७ जनाको निधन भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad