नेपाल आयल निगमले निषेधाज्ञाको समयमा पनि उपत्यकाका पेट्रोल पम्प खुलै रहने जनाएको छ।
बुधबार सूचना प्रकाशित गरी निगमले निषेधाज्ञाको समयमा पनि थानकोटस्थित निगमको क्षेत्रीय कार्यालय खुलै रहने र उपत्यकाका पेट्रोल पम्पहरु पनि खुला रहने स्पष्ट पारेको छ।
उपत्यकाका तीनै जिल्लामा भोलि (बिहीबार) बिहानैदेखि १५ दिनका लागि निषेधाज्ञा लागू हुँदै छ। सो समयमा पनि एम्बुलेन्स, सुरक्षा, प्रेस, पानी, खाद्यान्न लगायतका अत्यावश्यक सावारी साधन सञ्चालन हुनेछन्।

प्रतिक्रिया