दाङमा एक व्यक्तिले ढुंगाले हानेर श्रीमतीको हत्या गरेका छन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका–७ निवासी २५ वर्षीय पदम पोखरेलले २४ वर्षकी पत्नी विपना रेग्मी पोखरेललाई ढुङ्गाले हानेर हत्या गरेका हुन्।
मङ्गलबार राति करिब ८ बजेतिर ढुङ्गाले हान्दा गम्भीर घाइते भएकी विपनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा मङ्गलबार बाटोमै मृत्यु भएको हो।
उनको शव प्रादेशिक अस्पतालमा राखिएको छ । पत्नीको हत्यापछि युवक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। उनीहरुका चार वर्षीया छोरी छन्। आमाको हत्या भएपछि छोरीको विचल्ली भएको छ। रासस

प्रतिक्रिया