भारतमा ‘सुनामी’जसरी कोरोना संक्रमण तीव्र बन्दा राजधानी दिल्लीमा संक्रमितको शव जलाउने स्थानको समेत अभाव हुन थालेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार कोरोना संक्रमणका कारण मृत्यु हुने क्रम बढेपछि दिल्लीस्थित आर्यघाटमा शव जलाउन पनि घण्टौं पालो कुर्नुपर्ने अवस्था आएको हो।
अहिले त्यहाँ अस्थायी शवदाह गृह बनाउन थालिएको छ। दिल्लीमा पार्किङ, पार्क र खाली मैदानलाई अन्त्येष्टि स्थल बनाउनुपर्ने माग हुन थालेको छ।
सामाजिक सञ्जालमा सेयर गरिएको यो भिडिओ :
— Sukirti Dwivedi (@SukirtiDwivedi) April 26, 2021#WATCH#India 's national capital- New Delhi, running out of space fr cremations of #Covid patients
Atleast 100 new cremation platforms under construction at Sarai Kale Khan crematorium which currently has space for 20 bodies but is receiving 60-70 bodies per day@ndtv pic.twitter.com/mZXPyUAIyU
२४ घण्टामा ३ हजारभन्दा बढी संक्रमितको मृत्यु
भारतमा पछिल्लो २४ घण्टामा ३ हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ कोरोना संक्रमणका कारण ३ हजार २८६ जनाको मृत्यु भएको हो।
योसमेत भारतमा कोरोनाका कारण मृत्यु भएकाको संख्या २ लाख नाघेको छ।
त्यहाँ कोरोना संक्रमणबाट हुने मृत्युको दर दिनप्रतिदिन बढिरहेको छ। एक दिनमै ३ हजारभन्दा बढी संक्रमितको मृत्यु भइरहेको छ।
Shares

प्रतिक्रिया