नेपाल भएर तेस्रो मुलुक जान विदेशी नागरिकलाई रोक लगाइएको छ।
अध्यागमन विभागका अनुसार कोरोनाको नयाँ भेरियन्टको बढ्दो जोखिमलाई मध्यनजर गर्दै वैशाख १५ गते राति १२ बजेबाट लागू हुने गरी यस्तो निर्णय गरिएको विभागका निर्देशक तथा सूचना अधिकारी झंकनाथ ढकालले बताए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आउने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिटको रुपमा प्रयोग गरी अन्य गन्तव्य जान रोक लगाइएको हो।
तर विदेशबाट नेपाललाई अन्तिम गन्तव्य बनाएर आउन र नेपालबाट विदेश जानेको हकमा भने अहिलेकै व्यवस्था कायम रहनेछ।
पछिल्लो समय नेपाललाई ट्रान्जिट बनाएर विदेश गइरहेका भारतीयहरु यो निर्णयबाट प्रभावित हुने भएका छन्। भारतलाई विभिन्न देशले प्रतिबन्ध लगाएपछि नेपाल हुँदै तेस्रो मुलुक जानेको संख्या उल्लेख्य थियो।

Shares

प्रतिक्रिया