समाज


कञ्चनपुर-कैलालीमा राति घरबाहिर निस्किन प्रतिबन्ध, सिमानाका र विद्यालय बन्द

कञ्चनपुर-कैलालीमा राति घरबाहिर निस्किन प्रतिबन्ध, सिमानाका र विद्यालय बन्द

गोकुल जोशी
बैशाख १३, २०७८ सोमबार १२:१९,

कञ्चनपुर र कैलालीमा सोमवारदेखि राति घर बाहिर निस्किन प्रतिबन्ध लगाइएको छ।

कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर तीब्र बन्दै भएपछि संक्रमण नियन्त्रण तथा रोकथामका लागि प्रशासन कार्यालयले राति घर बाहिर निस्किन प्रतिबन्ध लगाएको हो।

सोमवार कञ्चनपुर र कैलालीका प्रमुख जिल्ला अधिकारीको उपस्थितीमा बसेको अन्तर जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण भयावह हुन नदिन राति अत्यावश्यक काम बाहेक हिँडडुल गर्न रोक्ने निर्णय गरेको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी असोक कुमार भण्डारीले जानकारी दिए।

‘आज रातिदेखि लागू हुनेगरी राति ८ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा प्रतिबन्ध लगाउने सहमति भएको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले नेपालखबरसँग भने, ‘हाम्रो जिल्लाको हकमा अन्य केही थप कडाई गर्ने तयारी पनि छ। त्यसको लागि बेलुका बैठक बस्दै छ।’

यस्तै दुवै जिल्लाका भारतसँग सीमा जोडिएका नाकाबाट भारत जान रोक्ने, शैक्षिक संस्था बन्द गर्ने लगायत सहमति पनि भएका छन्।

कोरोना भाइरसको दोस्रो लहरले प्रभावित भारतबाट स्वदेश फर्किनेहरुले गर्दा कञ्चनपुर र कैलालीमा पनि कोरोना संक्रमण तीब रुपमा फैलिएको प्रशासनको आकलन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad